प्रदेशको बजेटले संघीयताको धज्जी उडायो: नेता पौडेल
काठमाडाैं | असार २६, २०७९
काठमाण्डौँ: नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रदेशको बजेटले संघीयताको धज्जी उडाएको बताएका छन्। नेता पौडेलले फेसबुकमार्फत यस्तो प्रतिक्रिया लिएका हुन्। उनले प्रदेशका बजेट पहुँचका आधारमा वितरण हुने गरेको र यसको निरन्तरताबाट आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ।
‘प्रदेश सरकारले बजेट विनियोजन गर्ने प्राथमिकताको फेहरिस्तले संघीयताको ध्वजी उडेको छ। व्यक्तिका नाममा आफूखुसी बजेट विनियोजन गर्ने, पहुँचका आधारमा आफ्ना निहित स्वार्थ पूरा गर्न सधैँ बजेटलाई कनिकाजस्तो छर्ने। यस्तै निरन्तरता हुने हो भने सयौँ वर्षमा पनि आर्थिक विकास हासिल गर्न सकिँदैन । बजेटको प्राथमिकता जनताका आधारभूत आवश्यकता पूरा गर्न र उत्पादनमा जोड दिन केन्द्रित हुनुपर्दछ,’ उनले लेखेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

